२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना भाइरसबाट ४५ जनाको निधन


१० श्रावण २०७७, शनिबार  

0
Shares


१० साउन ०७७, वीरगञ्ज । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा बाराको परवानीपुर गाउँपालिका–८ निवासी १७ वर्षीया युवतीको कोरोना भाइरसबाट मृत्यु भएपछि यो संख्या पुगेको हो ।

स्वास्थ्य मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्त ढा जागेश्वर गौत्तमले यस कोरोनाबाट ज्यान गुमाउने यो संख्याको पुष्टि गरेका हुन् । कोरोना सङ्क्रमणबाट उनको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिएका थिए ।
सङ्क्रमित युवतीमा कोरोनाका लक्षण देखिएको मन्त्रालयले जनाएको छ । युवतीमा अक्सिजनको मात्रा कम देखिएको, पखला लागेको, जीउ काम्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ८ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।