५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नास्टले बनायो कोरोना परिक्षणको नमूना संकलन मेसिन


१४ श्रावण २०७७, बुधबार  

0
Shares


१४ साउन ०७७, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)का बैज्ञानिमहरुले नेपालमै कोरोनाको नमूना (स्वाब सङ्कलन)गर्ने प्रविधि जडित मेसिन प्रयोगमा ल्याएको छ ।
यो भेहिकल नाष्ट कार्यालयमा छ दिन लगाएर करीब दुई दर्जन विभिन्न पेशाका विज्ञहरु जुटेर बनाएका हुन् ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीको सङ्क्रमणले बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले यो प्रविधि निर्माण गरेको हो ।
समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन भन्ने मूल नारालाई अघि सार्दै नाष्टले नेपाली सेनाको सहयोगमा प्राप्त टोएटा गाडीमा आवश्यक प्रविधि जडान गरी स्वाब सङ्कलन गर्ने व्यवस्था गरेको वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले बताए । उनले भने, “कोरोना प्रभावित व्यक्ति र चिकित्सकबीच स्वाब सङ्कलन गर्दा बढ्ने सक्ने खतरालाई अन्त्य गर्न यस प्रविधिले निकै सहयोग गर्नेछ, यस भेहिकलमा पिपिई ग्लोब्स, पोजिटिभ पे्रसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यक वस्तु जडान गरिएको छ ।” कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) छाउनीको संयोजनमा एउटा भेहिकल निर्माण सम्पन्न गरिएका डा ढकालले जानकारी दिएका हुन् ।
सो भेहिकललाई चिकित्सकले खुट्टाले स्विच अन गर्दा पिपिई ग्लोब र चालकले हातले स्विच अन गर्दा पूरै भेहिकल सङ्क्रमणमुक्त गर्न सकिने बनाइएको डा ढकालले बताए । भेहिकलबाट सङ्कलन गरिएको स्वाब भने त्यसभित्र रहेको आइस बक्समा राखिनेछ । बक्समा राखिएको स्वाब भने परीक्षणका लागि प्रयोगशाला पठाइन्छ । नाष्टले मुलुकका हरेक प्रदेशमा यस्तो भेहिकल निर्माण गर्ने योजना बनाइसकेको डा ढकालले बताए । हिजोमात्र नाष्टका केही प्रतिनिधिले सिसिएमसीलाई विभिन्न मन्त्रालयका सचिव, नेपाल पुलिस र नेपाली सेनासमक्ष सो भेहिकल हस्तान्तरण गरेको बताइएको छ । कोरोना महामारी नियन्त्रणमा सो भेहिकल उपयोगी बन्दै गए अन्य पनि बनाउन सकिने प्रविधि सङ्काय प्रमुख डा रवीन्द्रप्रसाद ढकालले बताए । उनले भने, “यसका अलवा हामीले केही समयअघि ‘समृद्धिका लागि नवप्रवर्तन’ र ‘कोभिड–१९ प्रतिरोधात्मक प्रविधि विकास’ गर्न गत आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत करीब रु दुई करोड २० लाखको अनुदान सहयोग गरेका छाँै ।” नवप्रवर्तन शीर्षकमा १३ र कोभिड प्रविधि विकासमा २० गरी कूल ३३ जनालाई उनीहरुमा रहेको वृत्तिविकास गर्न अनुदान प्रदान गरिएको डा ढकालले जानकारी गराए । नयाँ तवरको सोचलाई उत्पादनमा रुपान्तरण र नवप्रवर्तनलाई संरक्षण तथा उद्योगसँग जोड्न नाष्टले पहिलोपटक सरकारीस्तरबाट यी दुई शीर्षकमा अनुदान रकम सहयोग गरी मुलुकमा नयाँनयाँ प्रविधि विकास गर्ने प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए । अर्काेतर्फ यसअघि गत वर्ष वैशाख ४ गते अर्थात् १५ महिनापहिले नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण गरिएको थियो । नाष्टका वैज्ञानिकले जापानमा बनाएको सो स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेशन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १ : ३७ बजे