२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


श्रीमतीको हत्या, श्रीमान घाइते


१७ श्रावण २०७७, शनिबार  

0
Shares

१७ साउन ०७७, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिएका छन् । उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए । “गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ ।” प्रवक्ता थापाले भने, “घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।”

उनले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । “सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ ।” थापाले भने ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।