२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१२ जना कोरोना सङ्क्रमित सम्पर्कविहीन


२७ श्रावण २०७७, मंगलबार  

0
Shares

२७ साउन ०७७, बाँके । बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताएका छन् ।
श्रेष्ठका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगञ्ज ६ का २७ वर्षीया महिला, २४ गते सङ्क्रमित पुष्टि भएका नेपालगञ्ज–१२ का २८ वर्षीया महिला र नेपालगञ्ज १८ का ३५ वर्षीय पुरुष सम्पर्कमा आएका छैनन् ।
साउन २४ गते सङ्क्रमित भएका नेपालगञ्ज १९ का ११ वर्षीया बालिका, १९ कै २४ वर्षीय पुरुष, नेपालगञ्ज–१६ का १२ वर्षीया बालिका सम्पर्कविहीन रहेकाले खोजी कार्य भइरहेको छ । उनीहरु महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका थिए तर स्वाब दिएपछि घर गएका थिए ।
साउन २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब सङ्कलन गरी २५ गते सङ्क्रमण पुष्टि भएका ४७ वर्षीया महिला, २४ वर्षीया महिला, चार र दुई वर्षका दुई बालक, र ४२ वर्षीय पुरुष पनि सम्पर्कमा आएका छैनन् । नेपालगञ्ज ११ का २९ वर्षीया महिला पनि सम्पर्कमा नआएको स्रोत व्यक्ति पर्सन श्रेष्ठले बताएका छन् ।
पटक–पटक सम्पर्क गर्दा आइसोलेशनमा आउन नचाहने र मोबाइल बन्द गर्ने गरेको पाइएको श्रेष्ठको दाबी छ । यीमध्ये कतिपयको मोबाइल बन्द भएको, कतिपयले नलाग्ने र नमिल्ने सम्पर्क नम्बर दिएको र दिएको नम्बरमा सम्पर्क गर्दा बालकका अभिभावकले हाम्रो बच्चा होइन भन्ने गरेको श्रेष्ठले जानकारी दिएका छन् ।
थप १५ मा सङ्क्रमण
सोमबार दिउँसोसम्म बाँकेका थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा आज गरिएको परीक्षण रिपोर्टअनुसार दुई चिकित्सक र केही प्रहरी १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालले सोमबार मध्यान्ह् १२ बजे सार्वजनिक गरेको विवरणअनुसार नेपालगञ्ज मेडिकल कलेजका दुई चिकित्सक, वडा प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत चार प्रहरीसहित १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।