२८ पुस २०८२, सोमबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


२ सय संक्रमित भएको जिल्लामा लकडाउन, ५ सयमा निषेधाज्ञा


१७ भाद्र २०७७, बुधबार  

0
Shares


१७ भदौं ०७७, काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण ५ सयभन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा लकडाउन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको बताउनुभयो ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ वटा रहेका छन् । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्दही रहेका छन् । अक्सफोर्ड पोलेसि म्यानेजमेन्टले गरेको नेपालमा कोभिड–१९ को सङ्क्रमितको सर्वेक्षणमा भ्रममा नपर्ने मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । उहाँले मन्त्रालयले आफ्नै नेपालमा कति सङ्क्रमित हुन सक्छन् भनेर अनुमान गर्नका लागि प्रक्षेपण गरिरहेको समेत जानकारी दिनुभयो ।

उहाँले कोभिड–१९ को खोप विश्वमा बनेर परीक्षणको क्रममा रहेको भन्दै खोपको सफल परीक्षणपश्चात नेपालमा समेत ल्याइने जानकारी दिनुभयो । यस्तै मन्त्रालयले सोह्र श्राद्ध भर्चुअल विधिबाट गर्नसमेत आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण विगत २४ घण्टामा एक हजार १२० जनामा देखिएको छ । अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ । आजै १ हजार ११२ जना निको भएका छन् । अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन् । यो ५६ प्रतिशत हो ।
–––

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।