२८ पुस २०८२, सोमबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोटोपत्रकारहरु घाइते ः स्वतन्त्र वातावरणको माग


१९ भाद्र २०७७, शुक्रबार  

0
Shares

पुल्चोकमा तस्विर खिच्ने क्रममा घाइते फोटोपत्रकार सुनिता डंगोल । तस्विर ः पिजे क्लव

१९ भदौ ०७७, ललितपुर । विहीबार ललितपुरको पुल्चोकमा निषेधाज्ञाको समयमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा फोटोपत्रकारहरु घाइते भएपछि पिजे क्लवले विज्ञप्ती निकालेर स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्ने वातावरण बनाउन माग गरेको छ ।
बिहीबार पुल्चोकमा भेला भएका स्थानीयवासीको प्रहरीसँग भएको झडपको तस्बिर सङ्कलन तथा सम्प्रेषण गर्न गएका फोटोपत्रकारहरु घाइते भएको जनाएको छ । झडपमा एएफपीका प्रकाश माथेमा, एपीका निरञ्जन श्रेष्ठ, अन्नपूर्ण पोस्टका सुनिता डङ्गोल, द हिमालयन टाइम्सका स्कन्द गौतम र प्रतीक रायमाझी घाइते भएका थिए । “चौथो अङ्ग मानिएको सञ्चार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न र संयमित भई सहज वातावरण बनाउन पनि सम्बन्धित सबैमा फोटोपत्रकार क्लब नेपाल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।