११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गाई काटेर खान खोजेको भन्दै मुद्दा दर्ता


२४ भदौ २०७७, बुधबार  

0
Shares

२४ भदौं ०७७, नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले गाई काटेको अभियोगमा पक्राउ परेका एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तादी गाउँपालिका–३ स्थित टुटुङमा गाई काटी भाग लगाइरहेको अवस्थामा सोही गाउँपालिका–१ उर्लेनी घर भएका ३० वर्षीय सुरेश लामा भनिने सन्चा तामाङ दोङलाई सोमबार प्रहरीले पक्राउ गरी पशुपक्षीसम्बन्धी कसुरअनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिउका छन् ।
प्रनि फुयाँँलका अनुसार सोही घटनामा संलग्न भएका नौ जना प्रतिवादी हालसम्म फरार रहेका छन् । गाई काट्न प्रयोग गरिएको धारिलो घरेलु हतियारसमेत घटनास्थलबाट प्रहरीले बरामद गर्नुका साथै पक्राउ परेका प्रतिवादी तामाङलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  १ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।