२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोपालदास पत्रकारिता पुरस्कार श्रेष्ठलाई


६ आश्विन २०७७, मंगलबार  

0
Shares

sf7df8f}F, ^ c;f]h M
k|]; sfplG;n uf]kfnbf; kqsfl/tf k’/:sf/af6 ;Dkfbs >]i7 ;Ddflgt
/fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejg zLtnlgjf;df dªunaf/ cfof]lht k|]; sfplG;n g]kfnsf] %! cf}F jflif{sf]T;j ;df/f]xdf …k|]; sfplG;n uf]kfnbf; kqsfl/tf k’/:sf/Ú b[li6 ;fKtflxssf ;Dkfbs zDe’ >]i7nfO{ k|bfg ub}{ . ;f] k’/:sf/sf] /fzL ? Ps nfv %! xhf/ /x]sf] 5 . tl:a/ M rGb|snf If]qL÷/f;;

६ असोज ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१औँ वार्षिकोत्सव समारोहमा आज दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्नुभएको हो । उक्त पुरस्कारको राशि रु एक लाख ५१ हजार छ । सो पुरस्कार गत वर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो ।

यस्तै ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सेतोपाटी डटकमलाई प्रदान गरिएको छ । राष्ट्रपति भण्डारीले सेतोपाटी डटकमका तर्फबाट सम्पादक अमित ढकाललाई पुरस्कार प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशि रु ५० हजार छ । उहाँले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोषले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ ।

कोभिड–१९ का कारणले यस वर्ष दुई पुरस्कार मात्र राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा प्रदान गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । आजै काउन्सिलले घोषणा गरेका अन्य पुरस्कार भने सञ्चारग्राममा आयोजित कार्यक्रममा प्रदान गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।