
१२ असोज ०७७, मकवानपुर । अबिरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी–कुलेखानी सडकखण्ड सोमबार बिहानदेखि खुलेको छ । यो सडकखण्डको भीमफेदी गाउँपालिका–६ र इन्द्रसरोवर गाउँपालिका–२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई सोमबार बिहान ८ः०० बजेदेखि हेटौँडाबाट कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो खुलेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बाटो खुलेसँगै काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीसाधन सञ्चालनमा आएको छ । हेटौँडाबाट सिस्नेरी हुँदै काठमाडौँ जाने सिस्नेरीको बाटो भने पहिरोका कारण अझै अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
यो बाटो आज बेलुकासम्म पहिरो हटाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।
१२ आश्विन २०७७, सोमबार
0
Shares








प्रतिक्रिया