
१४ असोज ०७७, काठमाडौं । विद्युत् प्राधिकरणले गतभदौं महिनाको विजुलीको पैसा नतिर्ने ग्राहकहरुलाई जरिवाना नलगाउने भएको छ ।
लकडाउनपछि मिटर रिडिङ्गमा समयमा नभएको भन्दै विद्युत् प्राधिकरणले उपभोक्तहरुलाई जरिवाना नलगाउने भएको हो ।
प्राधिकरणले असोज २२ सम्म विजुलीको पैसा तिरे जरिवाना लाग्दैन भने २३ गतेबाट ३० गतेसम्म ५ प्रतिशत मात्रै जरिवाना लगाउने बताएको छ ।
कार्तिकबाट भने नियम अनुसार नै असुल हुनेछ ।
यसअघि जरिवाना तिर्ने ग्राहकको पैसा भने अर्को विलमा मिलान गर्ने प्राधिकरणद्वारा जारी सूचनामा जनाइएको छ ।
२०७७ साल भाद्र महिनामा देशका अधिकांश स्थानहरुमा कोरोनाको संक्रमणले गर्दा लकडाउन भएकाले विद्युतको मिटररिडिंग तथा विलिंग समयमा हुन नसकि महशुल भुक्तानीका सम्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्ने वुझिन आएको छ । उपभोक्तावर्गको सुविधा तथा हितलाई ध्यानमा राखी २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ आश्विन २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र आश्विन २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको छ । २०७७ भाद्र महिनाको विद्युत महशुल भुक्तानी सम्वन्धि अन्य व्यवस्था तथा २०७७ आश्विन महिना देखिको नियमित महशुल भुक्तानी सम्वन्धि व्यवस्था विद्युत महशुल संकलन विनियमावली २०७७ मा तोकिए वमोजिम हुनेछ । कुनै उपभोक्ता महानुभावले २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने व्यहोरा समेत अनुरोध छ । विद्युत मिटर रिडिंग एवं महशुल संकलन सम्वन्धि सूचना तथा विनियमावली नेपाल विद्युत प्राधिकरणको मा हेर्नु हुन समेत अनुरोध छ । विस्तृत सुचना यसैसाथ सलग्न छ ।
१४ आश्विन २०७७, बुधबार
0
Shares








प्रतिक्रिया