१५ असोज ०७७,डोटी । जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज( विहीबार) पक्राउ गरेको छ । आफ्नै १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरिएको हो ।
घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले दिए । अभियुक्त विकलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको बताइएको छ ।
१५ आश्विन २०७७, बिहिबार
0
Shares








प्रतिक्रिया