२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


त्रिशुलीमा ट्रक खस्यो, तीन घाइते


१७ आश्विन २०७७, शनिबार  

0
Shares

 फाइल तस्विर

१७ असोज ०७७, चितवन । चितवन नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग डुबेको अवस्थामा छ ।
दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।