२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना संक्रमित क्वारेन्टिनबाट भागेपछि …


२८ आश्विन २०७७, बुधबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

२८ असोज ०७७, डोटी । शिखर नगरपालिका वडा नं. १ कपल्लेकीको क्वारेन्टिनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन । छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।
क्वारेन्टिन राखिएका मध्ये १२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । सङ्क्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ । शनिबार १६ जनाको स्वाब सङ्कलन गरी मङ्गलबार परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण देखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए । शाहले भने, “स्वाब परिक्षणको रिपोर्ट आउनु भन्दा पहिले नै सात जना भागेर घर गएछन, उनीहरुमा कोरोना देखियो, गाउँमा त्रास फैलिएको छ ।” कोरोना सङ्क्रमित भएकाहरु गाउँमा गएपछि अहिले सो वडाको सेरी गाउँलाई सिल गर्ने निर्णय गरेको शिखर नपरपालिकाका नगरप्रमुख सीताराम जोशीले बताएका छन् । जोशीले भने, “ गाउँमा अरुलाई सङ्क्रमण नहोस भनेर गाउँ नै सिल गछौँ ।”

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।