२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेकपाको पर्वहरुको अवसरमा चियापान नहुने


११ कार्तिक २०७७, मंगलबार  

0
Shares

 

नेकपाको चियापान कार्यक्रममा सहभागीहरु । फाइल तस्विर ः ललितपुर खबर

। सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।
नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण यस वर्ष चियापान कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ४ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।