११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते


२६ कार्तिक २०७७, बुधबार  

0
Shares


२६ कात्तिक ०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपनि कोरोना भाइरस सङ्क्रमणका कारण महाधिवेशन तालिकाअन्तर्गतका केही काम प्रभावित भइसकेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।