११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विप्लवको कार्यकर्ता भन्दै फोनबाट व्यापारी धम्कयाउने पक्राउ


२६ कार्तिक २०७७, बुधबार  

0
Shares


२६ कात्तिक ०७७, काठमाडौं । फोनबाट धम्कयाई आपराधिक लाभ लिन खोजेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नुबाकोट ककनी गाउँपालिका २ का ३३ वर्षीय बिन्तोष सिलवाल(सुनार), रामेछाप सुनापती गाउँपालिका का ३१ वर्षीय रामदल श्रेष्ठ(अटल), काभ्रे तिमाल गाउँपालिका ५ ठेगाना भएका ५२ वर्षीय तिर्थमान तामाङ र चितवन भरतपुर महानगरपालिका १३ का ४२ वर्षीय नन्दुराज आचार्य रहेका छन् ।
काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी नेकपा माओवादी, विप्लव समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ भनि ३ करोड चन्दा माग गरेको तथा माग बमोजिम चन्दा नदिएमा भौतिक कारवाही समेत गर्ने धम्की दिँदै व्यवसायीहरुको कार्यरत र वसोबास गर्ने स्थानमा निगरानी गरी जबरजस्ती रकम माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरु उपर आपराधिक लाभ लिन नहुने कसुर मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।