२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लाखौं रुपैयाँसहित सात जुवाडे पक्राउ


२ मंसिर २०७७, मंगलबार  

0
Shares

२ मंसिर ०७७, काठमाडौं । नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८ सय ५० नगद र रु सात लाख ९४ हजार ८सय ७० बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा ४४ वर्षीय शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रेका ४४ वर्षीय यादव चौलागाईँ, धादिङका ४१ वर्षीय राजु पौडेल, चितवनका ३१ वर्षीय राजीव श्रेष्ठ, केशवप्रसाद मुडवरी, बाराका ४१ वर्षीय श्याम तामाङ र कैलालीका २८ वर्षीय प्रेम बडवाल रहेका छन् ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ठूलो रकम हारजित हुने गरी जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेकासँग विभिन्न बैंकको ११ थान चेकबुक र एक बुक ताससमेत बरामद गरेको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ११ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।