
१७ मङ्सिर ०७७, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका २ पानीपालबाट सोही ठाउँ बस्ने ४६ वर्षीया पैदलयात्री महिलाको करिब १ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको घाँटीमा लगाएको साढे १ तोलाकोसुनको सिक्री बुधबार बिहान लुटपाट भएको छ ।
हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले उनको सिक्री लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउको छ र
१७ मंसिर २०७७, बुधबार
0
Shares








प्रतिक्रिया