२७ पुस २०८२, आइतबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अफ्रिका लगेर मान्छे बेचेको आरोपमा पक्राउ


१७ मंसिर २०७७, बुधबार  

0
Shares


काठमाडौं, १७ मङ्सिर ०७७ । गैरकानुनी रुपमा दक्षिण अफ्रिका पु¥याई मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त ताप्लेजुङ गेंरिडदेन गाउँपालिका ४ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उनले ३ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई र कतार हुँदै साउथ अफ्रिकासम्म पु¥याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४÷५ महिनासम्म बन्धक बनाई राखेको खुल्न आएको छ । पीडितहरु कोही नभएको मौका पारी भागेर नेपाली राजदूताबासमा पुगी दूताबासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भए ।
पश्चात दिएको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले अभियुक्त लोंवालाई काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको हो ।
लोंवा उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरि अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।