
१८ मंसिर ०७७,उदयपुर । चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उदयपुर कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ ।
जिल्ला अदालत उदयपुरले बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको अदालतका तहसिलदार राजकुमार आचार्यले जानकारी दिएका छन् ।
उनै किशोरसँगै सामूहिक रुपमा चार वर्षीया बालिका बलात्कार गर्ने अर्का ११ वर्षीय बालकलाई अदालतले अनुसन्धानस जेल राखेर बाँकी रहेको सजाय स्थगन गरेर जेल मुक्त गरेको जिल्ला अदालत उदयपुरले बताएको छ ।
विसं २०७६ सालको चैत ६ गते दुवैले स्थानीय छिमेकी बालिकालाई सामूहिक बलात्कार गरेको आरोपसहित इलाका प्रहरी कार्यालय कटारीमा पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीमा उजुरी परेलगत्तै इलाका प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धानका लागि बाल सुधार गृहमा राखी बलात्कारको मुद्दा चलाएको थियो । बुधबार मुद्दा फैसला हुँदा ११ वर्षीय बालकको बाँकी कारवाही स्थगन भएको थियो भने १५ वर्षीय किशोरविरुद्ध १२ वर्ष छ महिनाको जेल सजायको फैसला भएको जिल्ला अदालत उदयपुरले बताएको छ ।
जेल सजाय पाएका किशोरलाई बालक रहेका १८ वर्ष उमेरसम्म विराटनगरस्थित सुधारगृहमा राख्ने र त्यसपछि कारागार पठाउने तयारी गरिएको पनि अदालतका सूचना अधिकारी तथा तहसिलदार आचार्यले बताएका छन् । रासस
१८ मंसिर २०७७, बिहिबार
0
Shares








प्रतिक्रिया