२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


प्रभु लाइफको साधारण शेयर मंसिर २९ गतेबाट विक्रि खुला


२० मंसिर २०७७, शनिबार  

0
Shares


२० मंसिर ०७७,काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सको साराधरण शेयर यही मंसिर २९ गतेबाट वित्रिल खुला हुने भएको छ । प्रभु लाइफलाई नेपाल धितोपत्र बोर्डले मंसिर ११ गते आईपीओ निष्कासनको अनुमति दिएपछि यो साधारण शेयर खुला हुन लागेको हो ।
यो सेयरका लागि पुस २ गतेसम्म भर्न पाइनेछ । यो अवधिसम्म सबै सेयर बिक्री नभएमा पुस १३ गतेसम्म समयावधि थपिनेछ ।
कम्पनीले १०० रुपैयाँ दरको जम्म ६० लाख कित्ता सेयरे निष्कासन गर्न जानकारी दिएको छ । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्ता सेयर सर्वसाधारणका लागि विक्रि हुनेछ ।
आइपीओका लागि कम्तिमा १० कित्तादेखि धेरैमा ५ हजार कित्तासम्म भर्न सकिन्छ । सेयरको निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
सेयर भर्न चाहनेले सि–आस्वा सदस्य रहेका देशभरका बैंक तथा वित्तीयका शाखा र मेरो सेयर आर्फत भर्न सक्नेछन् ।
प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ ।
अहिलेसम्म प्रभु लाइफको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा कम्पनीहरुको बिमा समितिको प्रावधान अनुसार जीवन न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

 

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १ : २२ बजे