२९ मंसिर ०७७, काठमाण्डौ । गत माघ १० गते नैकाप काठमाडौंबाट हराएको बा ९४ प ४४६९ नम्बरको मोटरसाईकल फेला परेको छ । चन्द्रागिरी नगरपालिका वडा नं. १३ वस्ने पुर्ण राउतले महानगरीय ट्राफिक महशाखामा हुलिया सहितको निवेदन दिएपछि ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकको प्रहरीले नयाँबसपार्कबाट सो मोटरसाइकल फेला परेको हो । चेक जाँचको क्रममा त्यस मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरि चलाएको पाइएको छ । पल्सर १ सय ५० सिसिको बा ८९ प १७७६ नम्बरको मोटरसाईकल र त्यस मोटरसाईकलको वास्तविक नम्बर बा ९४ प ४४६९ रहेको हुदाँ मोटरसाईकल सहित जिल्ला सिन्धुली हरिहरपुरगढि गाँउपालिका वडा नं ६ क्यानखोला घर भई हाल जिल्ला काठमाडौ कपन बस्ने वर्ष २१ को प्रकाश तामाङ, जिल्ला सिन्धुली तिनपाटन गाँउपालिका वडा नं ५ भिमस्थान घर भई हाल जिल्ला काठमाडौ कपन बस्ने वर्ष ३२ को अम्मर तामाङ र जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ८ घर भई हाल जिल्ला काठमाडौ कपन बस्ने वर्ष २० को सुरेश तामाङ लाई पक्राउ गरी थप अनुसन्धान र कारवाहीको लागि महानगरीय प्रहरी बृत्त थानकोट काठमाडौं पठाएको छ ।
गएको बर्ष जेठ २७ गते बा ९६ प ५४९४ नम्वरको मोटरसाईकल पनि फेला परेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । काठमाडौं बालुवाटारबाट हराएको भनि बालुवाटार बस्ने दिपक खड्काले खोज तलासको लागि हुलिया सहितको निवेदन दिएपछि झण्डै २१ बर्ष पछि मोटरसाइकल र चोरी गर्ने अभियुक्त सहित पत्ता लगेको हो । खड्काले महानगरीय ट्राफिक प्रहरी महाशाखा सिंहदरवारस्थित पिडित सहायता ईकाइमा दिएकोमा महाशाखाको पिडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यकाको भद्रकालि सडकमा शंका लागि चेकजाँचको गर्ने क्रममा बा ९० प ७३८६ नम्वरको कालो रातो रंगको यामाहा मोटरसाईकल चेक गर्दा वास्तविक नंम्बर बा ९६ प ५४९४ खुल्न आएको थियो । त्यस मोटरसाईकलको साथमा जिल्ला ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने वर्ष ३३ को भोला थापालाई सवारी साधन सहित पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त मालिगाउँ काठमाडौं पठाएको छ ।
काठमाण्डौका सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरि राखिएका मोटरसाईकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ । सवारी साधन चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लकको प्रयोग गर्न, आलराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न र एकैछिन त हो नि भनेर लक लगाउन अल्छि गर्दा चोरकिा द्धटना बढ्न गरेको प्रहरकिो भनाई छ ।
२९ मंसिर २०७७, सोमबार
0
Shares
प्रतिक्रिया