२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पूर्वमिस नेपाल अनुष्का पुष्टकारी र गुँदपाक विदेशमा बेच्दै


११ पुस २०७७, शनिबार  

0
Shares


११ पुस ०७७, काठमाडौं । सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ पुष्टकारी, गुँदपाक विदेशमा बेच्ने तयारीमा छिन् । आठ महिना लामो बजारको अध्ययनपछि माक्कुसे नामको ब्राण्डिङ्ग गरेर विदेश निर्यात गर्न लागिउको हो । उनका अनुसार माक्कुसे आकर्षक प्याकेजिङ र ब्रान्डिङसँगै ’लक्जरी स्विट्स’ को रुपमा विदेशी बजार प्रवेश गराउन लागिएको हो ।
माक्कुसे ब्राण्डको नाम नेवारी भाषाबाट लिइएको हो । यसको अर्थ खानाको स्वाद भन्ने बुझिन्छ ।
नेपाली रैथाने मिठाईको परिकारको रुपमा निनिएको पुष्टकारी र गुँदपाक पछिल्लो समय विस्तारै नेपालीको प्राथमिकत्तामा पर्न छोडिएको अवसथामा छ । अनुष्काले ओझेलमा परेको नेपाली स्वादलाई अन्तराष्ट्रिय बजारमा प्रबर्टन गर्न लागेको बताएकी छिन् ।
अनुस्काले माक्कुसेका पाँच वटा परिकार पस्किने तयारीमा छिन् । यसमा पुष्टकारी, रोजवाटर(पिस्ताचियो) गुँदपाक, मोचा गुँदपाक, (चकलेट)गुँदपाक (फज कुकिज) र ओट्स गुँदपाक (पम्प्किन सिड कुकिज) हुनेछन् । यो माक्कुसेमा पुरानो स्वादलाई कुनै असर नपार्ने गरी बनाइनेछ । उनले गुँदपाक र कुकिजका यी नयाँ परिकार मार्फत अनुष्काले मौलिक स्वादलाई फरक किसिमले प्रस्तुत गर्न खोजेकी छिन् ।
काभ्रेका स्थानीय किसानबाट किनेको दूधबाट बनाइने यी सबै सामान स्थानीय र रसायनबिहीन हुने बताइएको छ ।
पुष्टकारी सुनौलो कागजमा बेरेर नेपाली कागजबाट बनेको बलियो डब्बामा राखिनेछ । गुँदपाक भने सिसाका डब्बामा राखिनेछ ।
यसमा बिर्कोबाहिर नेपाली कागजले बेरेर झिलिमिली डोरीले बाँधिएको हुनेछ । बाहिर अंग्रेजी अक्षरमा माक्कुसे लेखिनेछ भन हराउँदै गएका मौलिक कला बचाउन उद्देश्इले रञ्जना लिपिमा माक्कुसे लेखेर प्याकेजिङमार्फत नेपाली मौलिकता झल्काइनेछ ।
माक्कुसे भने नेपाली बजारको तुलनामा अलि महँगो हुनेछ । लक्जरी ब्रान्ड अन्तराष्ट्रिय गुणस्तर कायम गर्दा यसको मूल्य छ सय ४९ देखि एक हजार दुई सय ४९ रूपैयाँसम्म पर्छ । गुणस्तरको कायम गर्न र प्याकेजिङ्गको खर्चका केही महँगो पर्ने बताइउको छ । जुन ब्राण्ड र निर्यात मूल्यका दृष्टिकोणबाट जायज नै मान्नुपर्छ ।
लोपोन्मुख नेपाली मौलिक स्वादलाई अन्तर्राष्ट्रिय बजारमा पस्कनु खोज्नु अनुष्काको चुनौतीपूर्ण कामसँगै तारिफयोग्य पछि छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ४ : ५६ बजे