२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पशुपतिको ढोकामा सेनिटाइजर, मुखमा मास्क


१३ पुस २०७७, सोमबार  

0
Shares


१३ पुस ०७७, काठमाडौं । अहिले पशुपतिनाथ मन्दिरको मूल प्रवेशढोकामै स्यानिटाइजरको व्यवस्था गरिएको छ भने मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ ।
दुई मिटरको दूरी कायम गरेर भक्तजन प्रतीक्षाका लागि उभिन गोलो घेरा बनाइएको छ । पुसका चिसोमा पनि बिहानदेखि दिउँसो १ बजेसम्म पाँच हजारसम्म भक्तजनले दर्शन गर्ने गरेका छन् ।
यसरी पशुपति नाथ को दर्शनको लागि कार्यविधि अपनाइएकोबारे नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको निरिक्षण भ्रमण गरे । निरिक्षण पछि दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने मन्त्री ढकालले बताएका छन् ।
सोमबार र शनिबार भने दर्शनार्थीको सङ्ख्या बढ्ने गरेको छ । पुस १ गतेदेखि आजसम्म भक्तजनबाट रु आठ लाख ८६ हजार १८० भेटीस्वरुप प्राप्त भएको कोषाध्यक्ष थापाले जानकारी दिए । टिकट काटेर प्रवेश गर्ने विदेशी पर्यटकका लागि भने अवलोकनको व्यवस्था शुरु भएको छैन । अवस्था सामान्य भएपछि विदेशीका लागि पनि टिकट काटी प्रवेश गराइने कोषले जनाएको छ ।
आज(सोमबार) पशुपति क्षेत्रको निरीक्षणपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ढकालले यस क्षेत्रका पुरातात्विक सम्पदाको संरक्षण गनुपर्ने र यसबाट विश्वमै नेपालको पहिचान कायम रहने बताए । “पशुपति क्षेत्रलाई अझ सुन्दर र पवित्र बनाउन कोषका पदाधिकारी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ”,उनले भने ।
मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक सबै काम गर्न कोष लाग्नुपर्नेमा जोड दिए । फूल प्रसादका पसल व्यवस्थापन एवं तिलगङ्गाको बस्ती स्थानान्तरणका काम पनि तालिका अनुसार सम्पादन गर्न उनले कोषको ध्यानाकर्षण गराए ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महत्वपूर्ण पुरातात्विक सम्पदाले भरिपूण पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार नै काम हुनुपर्नेमा जोड दिए । मन्त्री ढकाललाई कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कार्यकारी निर्देशक डा घनश्याम खतिवडा लगायतका पदाधिकारी एवं कर्मचारीले हाल भइरहेका गतिविधि एवं कोरोना महामारीले पशुपति क्षेत्रमा पारेको प्रभावका विषयमा जानकारी गराएका थिए ।
गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर पुस १ गतेदेखि खुला गरिएको थियो । अहिले बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म भक्तजनका लागि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।