११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


किसानको बक्यौता नतिर्ने लुम्बिनी चिनी उद्योगका सञ्चालक पक्राउ


१६ पुस २०७७, बिहिबार  

0
Shares


१६ पुस ०७७, काठमाडौं । उखु किसानको बक्यौता रकम नतिर्ने लुम्बिनी चिनी उद्योगका सञ्चालक पक्राउ परेका छन् । बक्यौता रकम नतिरेपछि प्रहरीले सञ्चालक मनोज अग्रवाललाई वीरगञ्जबाट पक्राउ गरेको हो । उनलाई प्रहरीको अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका अग्रबालपछि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीले यसअघि नै किसानको पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीले पुर्जी जारी गरेपछि अग्रवाल फरार रहेका थिए । सो उद्योगले किसानको करिव १७ करोड बक्यौता तिर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  २ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।