२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देशभरको मौसम आंशिकदेखि सामान्य बदली


१९ पुस २०७७, आइतबार  

0
Shares

१९ पुस ०७७, ललितपुर । देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा पनि आइतबार राति हल्का वर्षाको सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन्।

देशका विभिन्न स्थानमा वर्षासँगै हिमपात भई चिसो बढ्ने भएकोले आवश्यक सतर्कर्ता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा हिमपातसँगै हल्का देखि मध्यम वर्षा हुने र त्यस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न सुरक्षाका उपाय अपनाउन मौसमविदले आग्रह गरेका हुन्।

यस्तै तराई र पहाडी भूभागका केही स्थानहरुमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना पनि रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

अहिले बिहान देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। यस्तै प्रदेश १ र प्रदेश २ मा आंशिक बदली रहेको मौसमविदले जानकारी दिएका छन्। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था (Present Weather Status):

हाल देशका सुदुर पश्चिम प्रदेश,  कर्णाली प्रदेश, गण्डकि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशमा  आंशिक देखि सामान्य बदलि रहि प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक बदलि रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १९ गते (आईतबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशगण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै सुदुर पश्चिम प्रदेश र  कर्णाली प्रदेशका  पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशलुम्बिनी प्रदेशगण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनि र गण्डकि  प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

पौष २० गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी र  बाग्मति प्रदेशका उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशगण्डकी प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।राति : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी र  बाग्मति प्रदेशका उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशगण्डकी प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।पौष २१ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी , बाग्मति प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशगण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बाग्मति र प्रदेश न. १ को भू-भागहरुका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।राति : देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी , बाग्मति प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू-भागमा हल्का हिमपातको साथै  सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

तापक्रममा कमि साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकि प्रदेशमा हल्का देखि मध्यम बर्षा हुने र त्येस क्षेत्रमा अझ चिसो बढ्ने  हुनाले चिसोबाट बच्न तथा तराई / पहाडी भू-भागका केही स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

 

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ९ : २७ बजे