२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


१ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित पक्राउ


२० पुस २०७७, सोमबार  

0
Shares

२० पुस ०७७, चन्द्रगिरी । चन्द्रागिरी नगरपलिका २ नागढुङ्गाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।
कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३ –०१–०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई ल्याएको यो रुपैयाँ फेला पारी चालक थारु र कारमा सवार अमित कुमारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकोे छ ।

अवैध लागूऔषध सहित पक्राउ
झापा दमक नगरपालिका ६ बेलडाँगीस्थित सडकबाट सोही नगरपालिका९८ बस्ने २१ वर्षीय बिक्रम लम्जेल र मोरङ रतुवामाई नगरपालिका ८ बस्ने २२ वर्षीय रोशन कुमार मग्रातीलाई २ ग्राम ७ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित ईलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।
सुर्खेत बीरेन्द्रनगर नगरपालिका९९ लाटिकोइलीबाट ४ सय २० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद ४३ हजार ५ सय रुपैयाँ सहित सोही ठाउँ बस्ने २८ वर्षीय राजु बैगारलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । लागू औषधको किनबेच गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले तलासी गर्दा कोठाभित्र लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

हेभि सवारी चालक तालिम संचालन
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २२औं समूहको हेभि सवारी चालक उन्नत तालिम सोमबारबाट संचालन भएको छ ।
उक्त अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई। नरोत्तमलाल प्रधानले तालिम उद्घाटन गर्दै तालिममा नयाँ प्रविधिको ज्ञान बारेमा अभ्यास तथा जानकारी दिईने भएकोले प्रशिक्षार्थीले बढी भन्दा बढी उत्सुक भई तालिम हाँसिल गर्नुपर्ने बताउनुभयो ।
जम्मा १६ दिन कार्यावधिको उक्त तालिममा प्रहरी हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरु सहभागिता रहेको छ ।

कागेश्वरी मा आगलागी लाखौंको धनमाल नष्ट
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ९ बस्ने ४२ वर्षीय प्रकाश भट्टराईको घरमा आइतबार साँझ आगलागी हुँदा भाँडावर्तन लत्ताकपडा, काठ तथा फर्निचरहरु जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रुपन्देही, सिद्धार्थनगर नगरपालिका९६ देवपथस्थित कृष्ण नारायण मिश्रको ईच्छा टेड्रस एण्ड लुम्बिनी सिरक उद्योगमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पर्सा, बिन्दबासिनी गाउँपालिका ५ भेलहा रोड बस्ने रुपा पण्डित सहित २ जनाको घरगोठमा आइतबार दिउँसो आगलागी हुँदा दुबै जनाको गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर जलेर नष्ट भएको छ ।
जुम्ला, चन्दननाथ नगरपालिका ३ सिमखडा बस्ने देविचन्द्र उपाध्यायको कच्ची घरमा सोलारको ब्याट्री पड्किएर आइतबार साँझ आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहट, बौधीमाई नगरपालिका २ ईनर्वा टोलमा आगो ताप्न बालेको घुरबाट सोही ठाउँ बस्ने राम प्रसाद महतो लगायत ४ जनाको खरले छाएको घरमा आइतबार राति आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  २ : ४१ बजे