२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोटेश्वरमा साँझपख लाखौंको गहना चोरी


२१ पुस २०७७, मंगलबार  

0
Shares


२१ पुस ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वर शुभकामनाचोक डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका २ घर भएका निर्मल पाठकको कोठाबाट आइतबार साँझ कोही नभएको मौका परेर करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहनाहरु चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

मानव बेचबिखन गर्न खोज्ने पक्राउ
झुक्यानमा पारी भिजिट भिषामा दुबईमा लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मङ्गले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
३५ वर्षीय पुरुषलाई घरायसी कामको लागि दुबई लैजाने भन्दै ललाई फकाई राहदानी बनाउन लगाई २०७३ बैशाख २७ गते एक जना अपरिचित व्यक्तिको साथमा काठमाडौंस्थित विमानस्थलभित्र पठाएकोमा राहदानी जाँच गर्ने क्रममा उनलाई घरायसी काममा नभई झुक्यानमा पारी भिजिट भिषामा लगेर दुबईमा बेचबिखन गर्न लागेको खुल्न आएको थियो । ती व्यक्तिको खोजी तथा अनुसन्धान गर्ने क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।