
२४ पुस ०७७,काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरीका माटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले सोह्रखुट्टेस्थित सडकबाट धादिङको नीलकण्ठ नगरपालिका ९ मुरलीभन्ज्याङ बस्ने राजन मगर र थाक्रे गाउँपालिका १ देवीस्थानका राजन तामाङलाई पक्राउ गरेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईका अनुसार उनीहरु चढेको बा९२प ७६३० नंको मोटरसाइकल नक्कली भएको पाइएको छ । मोटरसाइकलको वास्तविक नम्बर भने प्रदेश ३–०२–०१२प ९८३५ रहेको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिएका छन् । यो मोटरसाइकल गत वर्ष पुसमा काठमाडौँको सोह्रखुट्टेस्थित सडकबाट हराएको थियो । पर्सा ठोरी गाउँपालिका–९ बस्ने पूर्णबहादुर थापाले दिएको निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ । महाशाखाले चोरीको मोटरसाइकल खोजी अभियान तीव्र पारिरहेको छ ।
चक्कु प्रहार गरी लुट
काठमाडौँको टोखा नगरपालिका ९ दिपज्योतिबाट सुर्खेत गुरुवाकोट नगरपालिका ६ का दुई जनालाई चक्कु प्रहार गरी मोबाइल लुटपाट भएको छ । गए राति चार÷पाँच जनाको समूहमा आएका अज्ञात व्यक्तिले चक्कु प्रहार गरी मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ । फरार लुटेराको महानगरीय प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले खोजी गरिरहेको छ ।
चक्कु प्रहारबाट घाइते भएका दुवै जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२४ पुस २०७७, शुक्रबार
0
Shares








प्रतिक्रिया