१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित


२८ पुस २०७७, मंगलबार  

0
Shares


२८ पुस ०७७, काठमाडौं । समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित भएका छन् । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पु¥याएवापत प्रधानलाई सम्मान अर्पण गरिएको हो ।
क्रेटर्स समूहद्वारा सोमबार चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई त्यस सम्मान प्रदान गरेका थिए ।“ सम्मानले आफूलाई अगामी दिनमा समाजसेवमा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ ।” युवा व्यवसायि समेत रहेका प्रधानले कार्यक्रममा भने ।
कार्यक्रममा ‘प्लेयर अफ दि इयर२०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित भए । पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा ‘नेशनल क्रेटर्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा अतुलनीय योगदान पु¥याएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो । यसरी सम्मानित ुहुनेमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला,सपना रोक्का मगर र डा सन्दुक रुइत छन् ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।