११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं उपत्यका छिर्ने नाकामा कडाइ, स्वास्थ्य जाँच अनिवार्य



फाइल तस्बिर

२३ चैत ०७७, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा अनिवार्य हेल्थ डेस्क राखिने भएको भएको छ। जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले उपत्यका छिर्ने नाकाका नगरपालिकामा स्वास्थ्य जाँच गर्न हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार हेल्थ डेस्कमा नै एन्टिजेन परीक्षण गरिनेछ। परीक्षण नेगेटिभ देखिए तर, लक्षण शंकास्पद देखिएमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाउनसमेत समितिले निर्देशन दिएको छ।

एन्टिजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्था मिलाउने र सम्पर्क व्यक्ति तोक्ने जिम्मा सम्बन्धित स्थानिय तहलाई दिइएको उनले जानकारी दिए। त्यस्तै काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्ने पनि निर्णय भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।