२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


रू रू जलविद्युत्को आइपीओ शुक्रवार बाँडफाँट




३१ चैत ०७७, काठमाडौं । रू रू जलविद्युत् परियोजनाको आईपीओ नयाँवर्ष २०७८को वैशाख ३ गते शुक्रबार बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक एनएमबि क्यापिटलले समय निर्धारण नभएपनि शुक्रवार बाँडफाँटको तयारी गरिएको बताएको छ ।उक्त कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो ।

विक्री खुलाको अन्तिम दिन चैत २४ गतेसम्म १६ लाख ७० हजार ९११ जनाबाट २ करोड ३४ लाख १४ हजार १४० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकको भनाइ छ । यो संख्या र कित्ता तथ्याङ्क प्रशोधनका क्रममा घटबढ हुन सक्ने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

कम्पनीले प्रिमियमसहित प्रतिकित्ता रू। १२० मा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याइएको कुल ४ लाख ७ हजार ७०६ कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।