२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


दक्षिण ललितपुरको गोटिखेलमा होमस्टे दर्ता




ललितपुर खबर
३ वैशाख ०७७, ललितपुर । दक्षिण ललितपुरको पर्यटकीय क्षेत्र गोटिखेलमा एउटा होमस्टे विधिवत रुपमा पर्यटन बोर्डलगायत सरकारी कार्यालयहरुमा दर्ता भएको छ । गोटिखेलस्थित वैर्तर्णीधाममा खुलेको राइजिङ होमस्टे दर्ता भएको सञ्चालक इश्वर तिमल्सिनाले ललितपुर खबरलाई बताए ।
महाँकाल गाँउपालिका ३ वडाध्यक्ष गंगाराम तिमल्सिनाले गाँउपालिकाले अनुगमनका क्रममा सिफारिस पठाएपछि दर्ता प्रकृया सुरु भएको जानकारी दिए । भने, ‘केही गाँउपालिकामा दर्ता भएका छन् । उनीहरु पर्यटन बोर्ड र प्रदेश पर्यटन बोर्डमा होमस्टे दर्ता प्रकृयामा छन् ।’
संचालक तिमल्सिनाले सरकारले सामुदायिक भन्दा नीजि क्षेत्रबाट दर्ता प्रकृयामा आएका होमस्टेलाई प्राथमिकत्ता दिने गरेको आफूले अनुभव गरेको बताए । भने, ‘सरकारले तालिम लगायत विभिन्न कुरामा पर्यटन व्यावसायीलाई सघाउने रहेछ । अव तालिम लिएर होमस्टे व्यवस्थित गर्नतिर लाग्छु ।’
होमस्टे दर्ताको सिलसिलमा प्रदेश पर्यटन कार्यालयका अर्जुन ज्ञावाली र रोसन कुमार शर्मा र नेपाल पर्यटन बोर्डका वन अधिकृत कुञ्दन शर्मा मिश्र अनुगमनका लागि गोटिखेल पुगेका थिए । तिमल्सिनाले भने, ‘अनुगमनका क्रममा गोटिखेल प्रहरी प्रमुख वडाध्यक्षलगायतको अनुगमनपछि दर्ता भएको हो ।’
होमस्टे दर्ताका लागि पर्यटन बोर्ड, उपत्यका पर्यटन कार्यालय र घरेलुमा दर्ता गर्नुपर्छ । अन्तरिक राजस्व कार्यालयबाट प्यान नम्बर लिएपछि कारोबार गर्न पाउने नियम छ ।
गोटिखेल क्षेत्रमा कालेश्वर सिसवनमा सामुदायिक होमस्टे संचालनको तयारीमा छ । मानिखेलमा पनि होमस्टे संचालन भए पनि दर्ता भएका छैनन् । मानिखेलकी एक होमस्टे संचालकले होमस्टे दर्ताका लागि एक सरकारी कार्यालयमा प्रकृया सुरु गरेको तर मापदण्ड नपुगेको भन्दै फर्काइएको गुनासो गरिन् ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।