
३ वैशाख ०७८, काठमाडौं । ललितपुर गोदावरी बस्ने ईमरान पन्तलाल तामाङ भन्ने २२ वर्षीय रबिन्द्र थापा तामाङलाई मंगलबार प्रहरीले फलामको पातामा सुनको लेपन लगाएर सक्कली सुनको सिक्रीसँग साटेको आरोपमा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार तामाङले विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो । धादिङ रुबीभ्याली गाउँपालिका १ घर भएका तामाङले ललितपुर गोदावरीमा बस्ने गर्दथे । उनले विभिन्न यो नक्कली सुनसँग सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेका थिए । उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका१६ बनस्थलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।







प्रतिक्रिया