५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चन्द्रागिरि हिल्स १८ करोड ११ लाख रुपैयाँ घाटामा




६ वैशाख ०७७, काठमाडौं । चन्द्रागिरि हिल्स कम्पनी १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानीमा गएको छ ।
कम्पनीले यस आर्थिक वर्षको ९ महिनामा अर्थात् प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो नोक्सानी ब्यहोरेको हो। गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले २ करोड १८ लाख रुपैयाँ नोक्सानी ब्यहोरेकोमा अहिले १६ करोडले बढेको हो।

कम्पनीले केबलकार संचालनबाट ९ महिनामा कुल १७ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। संचालन तथा प्रशासनिक खर्च बढी भएपछि कम्पनीको नोक्सानी बढेको हो।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ। जगेडा कोष ३२ करोड नोक्सानमा छ। त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ ९ पैसा मात्रै छ।

कम्पनीको वित्तीय स्थिति नाजुक देखिए पनि बजारमा भने मूल्य उच्च छ। सोमबार १ बजेसम्म कम्पनीको मूल्य ७ प्रतिशतले घटेको छ।

यो समयसम्म १७९ रुपैयाँ प्रतिकित्ता मूल्य घटेर २२३० रुपैयाँ आसपासमा कारोबार भएको छ। यो कम्पनी होटल तथा पर्यटन समूहमा आवद्ध छ।
मूल्य आम्दानी अनुपातका आधारमा कम्पनीको सेयर एकदमै जोखिम देखिन्छ। मूल्य आम्दानी अनुपात ऋणात्मक २१० हुन आउँछ। कम्पनीले कोरोनाको असरका कारण असर देखिएको जनाएको छ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।