५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अब चलनचल्तीका कतारी नोट हट्ने



७ वैशाख ०७७, काठमाडौं । नेपाल राष्ट्र बैंकले कतारी रियालका नोटहरू यही वैशाख २७ गतेभित्र साटिसक्न निर्देशन जारी गरेको छ।
कतारको केन्द्रीय बैंकले हाल चलनचल्तीमा रहेका चौथो संस्करणका कतारी रियाल नोट आगामी जुलाई १ पछि हटाउने निर्णय गरेको भन्दै राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको हो। मंगलबार एक सूचना जारी गरी राष्ट्र बैंकले वैशाख २७ पछाडि उक्त संस्करणका कतारी रियाल नोटहरू सटही नहुने जानकारी दिएको छ।
यस्तो नोट राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने उक्त बैंकका प्रादेशिक कार्यालयहरू, विदेशी विनिमयको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनि चेन्जरहरूबाट सटही गर्न सकिने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  १२ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।