१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंबाट नक्कली कोरोना रिपोर्ट बनाउने ८ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

९ वैशाख ०७८, काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौ महानगरपालिका ९ सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका ८ जना कर्मचारीहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ पेप्सीगोला बस्ने झापा गौरादह नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझी, ललितपुर ईमाडोल बस्ने सप्तरी राजविराज नगरपालिका १३ घर भएका ३२ वर्षीय प्रमोद कुमार यादव, महोत्तरी गौशाला नगरपालिका १ बस्ने ५० वर्षीय प्रदिप कुमार गिरी, काठमाडौं सिनामंगल बस्ने महोत्तरी सोनाम गाउँपालिका–६ घर भएका २५ वर्षीय अमन कुमार यादव, काठमाडौं अनामनगर बस्ने मोरङ विराटनगर महानगरपालिका–३ घर भएका ३२ वर्षीय वजेश पोख्रेल, काठमाडौं बानेश्वर बस्ने महोत्तरी गौशाला नगरपालिका १ घर भएका २२ वर्षीय बादल मिरिङ छिङ, काठमाडौं चावहिल बस्ने दोलखा बैतेश्वरी नगरपालिका ५ घर भएका २२ वर्षीय सरोज क्षेत्री र ललितपुर धापाखेल बस्ने सप्तरी मध्यपुरा गाउँपालिका १ घर भएका ४४ वर्षीय डा. खेलानन्द प्रसाद रहेका छन् ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा अत्याधिक रकम लिई स्वाबको नमूना समेत नलिई १÷२ घन्टा भित्रमा नै नक्कली पिसिआर रिपोर्ट उक्त ठाउँबाट दिने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएका हो ।
मेरिट मल्टी केयरका एजेन्टहरूले सेवाग्राहीसँग पिसिआर परीक्षण शुल्क प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिई सुरिया हेल्थकेयरको मिलेमतोमा स्वाब परीक्षण नै नगरी रिपोर्ट बनाई दिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ ।

सुरिया हेल्थकेयरबाट ४ थान नक्कली परीक्षण रिपोर्ट तथा कम्प्युटर लगायतका उपकरण समेत बरामद गरी थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर हाललाई बन्द गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।