
१० वैशाख ०७७, चितवन । कोरोना भाइरस कोरोनाका कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका २ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।
निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो । अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् । कोरोना सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।







प्रतिक्रिया