२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भ्याट छली गरेको अभियोगमा १३ फर्म विरुद्ध मुद्दा दायर




१० वैशाख ०७८, काठमाडौं । राजश्व अनुसन्धान विभागले झुट्ठा तथा नक्कली भ्याट बलि बनाइ राजश्व छली गरेको अभियोगमा अनिल गुप्ता एण्ड एसोसिएट्सका सञ्चालक अनिल गुप्तासहित १६ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार काठमाडौं १४ कुलेश्वरको अंकुश ट्रेड एउण्ड सप्लायर्सका सञ्चालक प्रविणकुमार महत्तो सहित १३ फर्मले २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ बराबरको भ्याट छली गरेको पाइएको छ । ती फर्मले कर बीजक बमोजिमको रकम भुुक्तानी लिई सरकारी कोषमा दाखिला नगरेको पाइएको छ । उनीहरुले भ्याट र आयकर समेत छली गरेको पाइएको छ ।

उनीहरुले भ्याट तर्फ ६४ करोड ५० लाख ९७ हजार ८७२, आयकर १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७४२ गरी २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।

उनीहरुले अंकुश ट्रेड एण्ड सप्लायर्स, सन्ध्या ट्रेडर्स, लक्की ट्रेड, मुअन ट्रडिङ, दिव्या इन्टरप्राइजेज, निकी के ट्रेडर्स, एनकेडी ट्रेडर्स, जिएन ट्रेडर्स, सुवर्ण ट्रेड, सञ्जय इन्टरेनशनल, अंशु ट्रेड लिंक, कोमल ट्रेड लिंक, पिएनआर इन्रप्राइजेज, आयान ट्रेड लिंकको नाममा राजश्व छली गरेको पाइएको छ । विभागले उनीहरु विरुद्ध बिगो अनुसारको कारवाहीको माग गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।