१९ पुस २०८२, शनिबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘पार्टी विभाजन होइन सङ्गठित बनाउदै छु’



नेपाल कम्युनिस्ट पार्टी एमालेको खनाल नेपाल समूहको बुधबार ललितपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता माधवकुमार नेपाल । तस्वीर : रोशन सापकोटा\रासस

१३ वैशाख ०७८, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधबकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताएका छन् । आज सोमबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताए । आफूहरु पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउँदै उनले भने, “हामी पार्टी बलियो बनाउने अभियानमा जुटेका छौँ । पार्टी फुटाउन खोज्यो भन्नुहुन्छ बा ।” अर्को पार्टी बनाएको आरोपको खण्डन गर्दै उनले भने, “कहाँबाट पार्टी फुटाउनु । हामी यो पार्टीका कार्यकर्तालाई लाखापाखा हुन दिँदैनाँै । एकताबद्ध बनाउँछाँै । सही विचारको पक्षमा उभिने बनाउँछाँै ।”
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने नेपालको भनाइ थियो । उनले भने, “उहाँले समस्याको कारण खोजी पहिचान गरेर गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने मेरो धारणा हो ।” आफू र ओली बीचको एकता सम्भव रहेको बताउँदै उहाँले अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिएर विसं २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने बताए । नेपालले भने, “पार्टी विभाजन भएको छैन । लचिलो बन्नु प¥यो भन्ने कुरा हो ।”

कार्यकर्ताको भावना बुझ्न नसकेका कारण पार्टीभित्र सङ्घर्ष बढेको उनको भनाइ थियो । समस्या समाधानका लागि राजनीतिक रुपमा हल खोज्नुपर्ने उनले बताए । पार्टी भित्रको समस्या के हो ? कार्यकर्ताको भावन के हो भन्ने बुझ्न जरुरी रहेको उनको जिकिर थियो । कर्णाली प्रदेशका सांसदहरुलाई गरिएको कारबाही जायज नभएको नेता नेपालले दाबी गरे ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।