१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कोरोना माहामारीमा चर्को व्याज असुल्दै एनआईसि एशिया बैंक




ललितपुर खबर
२२ वैशाख ०७८, ललितपुर । एनआईसि एशिया बैंकले कोरोना माहामारीको दोश्रो लहर आइरहेको बेलामा पनि चर्को व्याज असुली गरिरहेको तथ्य सार्वजनिक भएको छ ।
नयाँ वर्ष २०७७ वैशाख १ गतेबाट बैंकले ऋणीहरुलाई पत्र पठाएर सम्झौंता भएपछि व्याजदर बढाएर पत्र पठाउन थालेपछि यो तथ्य सामाजिक सञ्जालमा यसको विरोध सुरु भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन विपरित बैंकले पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको हो । घर कर्जा लिएका एक ग्राहकले व्याज बढेको पत्र आएपछि आफू आचार्यचकित भएको बताएका छन् ।
बैकले व्याज निर्धारण गर्ने औजार आधार दर हो । पछिल्लो समय बैकहरुको आधार दर ९.६१ रहेको थियो । आधार दरमा २ प्रतिशतसम्म अन्य बैकहरुले ऋण लगानी गर्ने भए पनि यस बैंकले झण्डै १६ प्रतिशत व्याज असुली सुरु गरेको हो ।
पछिल्लो समय लघु वित्तहरुले सामान्यतया १५ देखि १६ प्रतिशतसम्म व्याज लिदै आएका छन् । व्याज दर बढाउने औजारको रुपमा आधार दरलाई मानिन्छ । तर बैंकले आधार दरमा उल्यख्य बृद्धि नभई व्याज दर बढाएको भन्दै ऋणीहरु विरोध गर्दै आएका छन् । धेरै ऋणीहरु आफूले सम्झौंता गरेको भन्दा बढी व्याज नबुझाउने अडान लिइरहेका छन् ।
विराटनगर शाखाबाट केही समय अघि घर कर्जा लिएका दिनेश सुवेदीले आफूलाई बैंकले व्याज बढाएर अन्याय गरेको बताए ।
एनआईसि बैक एनआईसि एशिया शाखा विराटनगरका प्रमुख सञ्जिवकुमार दाहालले ऋणीलाई ब्याजदर बढाएको पत्र पठाइएको स्वीकार गरेका छन् ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले उजुरी परेको खण्डमा कारवाही कारवाही प्रकृया थाल्ने बताएका छन् ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।