
२२ वैशाख ०७८, काठमाडौं । ललितपुरमा ५१८ सहित काठमाडौँ उपत्यकामा थप ४ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८ सय ४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर तीब्र गतिमा बढेको छ। पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ र ६ सय १६ एन्टिजेन परीक्षणबाट ५४ जनामा संक्रमण देखिएको हो।







प्रतिक्रिया