
२५ बैशाख ०७८, काठमाडौं । मानवअधिकारवादी संस्था न्यायका लागि मानव अधिकारले विश्वव्यापी रुपमा द्रुतगतीमा फैलिरहेको कोरोना भाइरसको दोस्रो लहरको प्रकोप नेपालमा समेत गम्भिर रुपमा असर पुर्याउँदै फैलिरहेको र दैनिक हजारौं संक्रमित संख्या थपिदै गएको भन्दै स्वास्थ्य संकटकाल घोषणाका लागि सरकारसँग माग गरेको छ ।
शुक्रबार प्रेस विज्ञप्ती प्रकाशन गरेर यस मानव अधिकारवादी संस्थाले भाइरसको कारण नागरीकहरुले ज्यान गुमाउँदै गइरहेको अवस्थामा नागरिकको स्वास्थ्य उपचारमा सरकार तथा सरोकारवाला निकायहरु उदासिन भइरहेको र कतिपय अवस्थामा विरामीले उपचार अभावको कारण ज्यान गुमाइरहनु परेको प्रति यो संजालको गम्भिर ध्यान आकर्षण भएको जनाएको छ ।
जारी प्रेस विज्ञप्तीमा भनिएको छ –कोरोनाको शुरुवाती क्रममै नेपालगन्ज लगायतको शहरहरुमा संक्रमितहरुको उपचारमा समस्या परेको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य उपचार समाग्रीको अभाव ब्यहोर्नु परेको तथा संक्रमित स्वास्थ्यकर्मिहरु स्वयम्ले अन्य संक्रमितको उपचारमा संलग्न हुनुपर्दा समेत तिनै तहको सरकारले उचित चासो नदेखाएकोले नागरिक पूर्ण असुरक्षीत रहेको तथा संघीय सरकारले उपचारको लागी अस्पतालको वेड उपलब्ध गराउन असमर्थ भनि गरेको अभिब्यक्तिले सरकार नागरिक प्रति अनुत्तरदायी रहेको प्रष्ट हुन्छ ।
संयोजक ईन्द्र प्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तीमा अवस्थामा नागरीकको ज्यूज्यानको रक्षाका लागी तुरुन्त स्वास्थ्य आपतकाल घोषणा गर्दै निजि स्वास्थ्य संस्थाहरुलाई समेत न्यूनतम शुल्कमा संक्रमितहरुको उपचारको लागी उत्तरदायी बनाउँदै सम्पूर्ण सरोकारवाला निकायहरुलाई नेपालको संविधानले ब्यवस्था गरेको स्वास्थ्य सम्बन्धी मौलिक हकको सम्मान गर्न र भिडभाड आवत जावतमा नागरीकले समेत आफ्नो कर्तव्य निर्वाह गर्न यो संजाल गम्भिर अनुरोध गरेको उल्येख छ ।
२५ बैशाख २०७८, शनिबार
0
Shares







प्रतिक्रिया