१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोनाको औषधिमा नक्कली स्टिकर टाँसेर विक्री गर्ने पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२५ वैशाख ०७८, मोरङ । स्टासेफ नामक औषधिमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँसेर बढी मुल्यमा विक्री गरेको अभियोगमा विराटनगर महानगरपालिका १० अशोक चोक बस्ने २६ वर्षीय सोनु आलम र सोही महानगरपालिका १६ रानी बस्ने २३ वर्षीय श्रवण कुमार यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
आलमले सोही महानगरपालिका ४ स्थित साथी मेडिकल औषधि पसलमा स्टासेफ नामक औषधिमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँस गरी बढी मुल्य राखी विक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले आलमलाई पक्राउ गरेको हो । साथै उक्त औषधि पसलबाट स्टासेफ नामक औषधि ४ सिसि र रेम्डिसिभिर नामक औषधि १ सिसि समेत प्रहरीले बरामद गरेको छ ।
थप अनुसन्धान गर्ने क्रममा उक्त स्टासेफ औषधि ९० रुपैयाँमा खरिद गरी ८ हजार रुपैयाँ सम्ममा विक्री गर्ने गरेको र उक्त औषधिमा टाँस्ने स्टीकर भारतको पटनाबाट आयात गरी ल्याएको र श्रवण कुमारको समेत संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । विराटनगर महानगरपालिका ११ बसपार्क नजिक रातो भाले होटलमा १०
ग्राम ब्राउनसुगर बरामद भएको घटनामा समेत यादव संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।