१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भुटानी शरणार्थीलाई नेपालीको मायाँ : स्वास्थ्य सामग्री प्रदान



फाइल तस्विर

३ जेठ ०७८, दमक । तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना सङ्क्रमितहरुका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनीहरुले दमक अस्पताल कोरोना विशेष उपचार केन्द्रलाई पिपइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, मास्कलगायतका सामग्री प्रदान गरिएको हुन् ।
दमकको बेलडाँगी भुटानी शरणार्थी शिविरका पूर्वसचिव टीकाराम रसाइलीको अगुवाइमा ‘आँसु पुछौँ’ नामक सहयोगी संस्थामार्फत रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शरणार्थी शिविरका अर्का पूर्वसचिव युवराज राईले बताएका छन् ।
संस्थाले अस्पतालमा खटिने प्रहरी, दमक वडा नं २ र ३ का जनप्रतिनिधिलाई स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको छ । सामग्री हस्तान्तरण गर्दै फेन्स क्लब बीआरसीका अध्यक्ष तथा पूर्व शिविर सचिवसमेत रहेका राईले कोरोना सङ्क्रमितको उपचारमा चाहिने भेन्टिलेटर मेसिन खरिद गर्नका लागि रु १० लाख जम्मा गर्ने कार्य भइरहेको जानकारी दिए ।
यसअघि शरणार्थी बसोबास गरिएको खाली क्षेत्रमा गत वर्ष एचडीयूसहितको ३० शय्याको कोरोना अस्पताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । अहिले त्यस अस्पतालमा शरणार्थीसहित दुई दर्जन सङ्क्रमित उपचाररत रहेको नगर स्वास्थ्य शाखाका बद्री बरालले बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।