१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


घाँटी रेटेर हत्या गरिएको अवस्थामा दुई बालकको शव फेला



४ जेठ ०७८, बारा । बाराको कलैया उपमहानगरपालिकामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा २ जना बालकको शव फेला परेको छ । उनीहरु दाजुभाइ हुन् ।

कलैया उपमहानगरपालिका ७ रंगपुर टोल बस्ने जफार अन्सारीका ९ वर्षका छोरा उस्मान र ७ वर्षका छोरा अमिनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

घटनाबारे प्रहरीलाई आज विहान आठ बजे जानकारी प्राप्त भएको थियो । दुवैजना बालकको शव सोही स्थानमा निर्माणाधीन अवस्थामा रहेको मदर्साको भवनमा भेटिएकोे प्रवक्ता मिश्रले बताए ।

सोमबार साँझ खेल्न गएका दुवैजना बालक बेपत्ता भएका थिए । मंगलबार बिहान दुवै जनाको विभत्स शव हत्या गरिएको अवस्थामा शव भेटिएको मिश्रले बताए ।घटनास्थलमा अहिले प्रहरी टोली पुगेको तथा थप अनुसन्धानको लागि महोत्तरीको बर्दिबासबाट तालिमप्राप्त कुकुरको टोली मगाइएको उनले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ५ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।