१८ पुस २०८२, शुक्रबार | Sat Jan 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान




७ जेठ ०७८, काठमाडौं । निम्बस कम्पनी नेपालले नेपाल प्रहरीका कर्मचारीहरुका लागि पहिलो चरणमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रबन्ध निर्देशक आनन्द कुमार बगरियाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा १ लाख थान सर्जिकल मास्क, १० हजार थान एन–९५ मास्क र ८० लिटर स्यानिटाइजर रहेका छन् ।
नेपाल प्रहरीमा देशभर कार्यरत प्रहरी कर्मचारीहरुका लागि आवश्यकता अनुरुप प्रोटेक्ट ब्रान्डको मास्क र स्यानिटाइजर उपलब्ध गराउने कम्पनीको नीति अनुरुप पहिलो चरणमा यो सामग्री उपलब्ध गराइएको प्रबन्ध निर्देशक बगरियाले बताएका छन् ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निम्बस कम्पनीको तर्फबाट कार्यकारी निर्देशक र प्रशासन प्रमुख समेतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।