१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुई बालकको हत्याको आरोपमा अन्सारी पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

९ जेठ ०७८, बारा । दुई नाबालकको हत्यामा संलग्न रहेको अभियोगमा कलैया उपमहानगरपालिका ७ रंगपुर टोल २५ वर्षीय फरमुल्लाह अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ ३ गते साँझदेखि हराई बेपत्ता भएका सोही ठाउँ बस्ने अब्दुल गफार अंसारीका छोराद्वय ९ वर्षीय अमान अंसरी र ७ वर्षीय उसमान अंसारीको सोही उपमहानगरपालिका ११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधिन भवनमा कर्तव्य गरी मारेको अवस्थामा जेठ ४ गते शव फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा फरमुल्लाहको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।