१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मधुवनका बृद्ध वाघसँग जुँधेर बाँच्न सफल



फाइल तस्विर

१३ जेठ ०७८, बर्दिया । बर्र्दिया बधुवन १ का ७४ बर्षिय एक बृद्ध बाघसँग लडाई गरेर बच्न सफल भएका छन् ।
यसै ठाँउ बस्ने ७४ बर्षिय लाल बहादुर थारुलाई बाघले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बुधबार साँझपख औराही सामुदायिक वनमा बाख्रा चराई रहेको अवस्थामा पाटे बाघले आक्रमण गरेको थियो ।
आक्रमणपछि बाघले उनको दाहिने खुट्टाको मासु चिथोरेको थियो । घाइते अवस्थामै लडेका बृद्ध थारुले खुर्पाले बाघलाई हानेपछि बाघ भागेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।