१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मधुवनका बृद्ध वाघसँग जुँधेर बाँच्न सफल



फाइल तस्विर

१३ जेठ ०७८, बर्दिया । बर्र्दिया बधुवन १ का ७४ बर्षिय एक बृद्ध बाघसँग लडाई गरेर बच्न सफल भएका छन् ।
यसै ठाँउ बस्ने ७४ बर्षिय लाल बहादुर थारुलाई बाघले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बुधबार साँझपख औराही सामुदायिक वनमा बाख्रा चराई रहेको अवस्थामा पाटे बाघले आक्रमण गरेको थियो ।
आक्रमणपछि बाघले उनको दाहिने खुट्टाको मासु चिथोरेको थियो । घाइते अवस्थामै लडेका बृद्ध थारुले खुर्पाले बाघलाई हानेपछि बाघ भागेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।