२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


‘काेराेनाका कारण लक्षित आर्थिक वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण’(पूर्णपाठ)   



१४ जेठ ०७८ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका निम्ति निर्धारित आर्थिक वृद्धिको लक्ष्य कोभिड महामारीका कारण हासिल गर्न कठिन हुने बताएका छन् । अर्थ मन्त्रालयमा आज अपराह्न आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले चालु आवमा आर्थिक वृद्धिसमेत हासिल गर्न चुनौतीपूर्ण भएको बताए । सरकारले चालु आवको बजेट सार्वजनिक गर्दा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो भने कोरोना महामारीका कारण त्यसलाई संशोधन गर्दै ४.०१ प्रतिशत रहने अनुमान गरेको थियो ।
कोरोना महामारीको दोस्रो लहरका कारण देशका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिएपछि संशोधित ४.०१ प्रतिशतको प्रक्षेपण पनि प्राप्त गर्न नसकिने अवस्था सिर्जना भएको उनले बताए ।  यद्यपि उनले कोभिड महामारीको प्रतिकूलावस्थामा पनि अधिकांश समष्टिगत आर्थिक परिसूचक सकारात्मक रहेको जानकारी दिए । राष्ट्रिय लगानीमा विस्तार भएको, वित्तीय पहुँच, पूँजी बजार र बीमाको दायरा फराकिलो भएको, समग्र शोधनान्तर स्थिति बचतमा रहेको तथा विप्रेषण आप्रवाह र विदेशी विनिमय सञ्चिति वृद्धि भएको अर्थमन्त्रीले बताए ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ४ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।